माओवादी देशको नेतृत्व गर्ने पार्टी बन्छ : नेता खनाल

कपिलवस्तु

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले आफ्नो पार्टीलाई देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउने अभियानमा लागेको बताउनुभएको छ । पूर्वमन्त्री खनालले देशको पहिलो पार्टी हुदैं नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्नो पार्टी देशभरी नै अग्रसरका साथ अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै जनवर्गीय संगठन तथा पेसागत संगठनको भेला, सम्मेलन जेजति सम्भव छ त्यसलाई सम्पूर्ण तरिकाले संस्थागत गर्दै सदस्यता नवीकरण तथा कमिटी विस्तार गर्ने उहाँले बताउनुभएको छ ।

नेता खनालले नेपालमा आयत बढी र निर्यात कम हुने स्थितिलाई परिवर्तन गर्नुपर्ने आवश्यता भएकाले उद्योगी व्यवसायीले त्यसमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन संघका केन्द्रिय अध्यक्ष श्याम पाठकले भाषणमा मात्र दलाल पूजीवाँदी विरुद्ध नभएर व्यवहारमा उतार्दै जग बसाल्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा आवश्यक स्रोत साधन पर्याप्त मात्रामा भएको तर त्यसको सदुपयोगमा चुकेको बताउनुभयो । देश रेमिटान्स नभएको खण्डमा टाट पल्टने बताउँदै उहाँले नेपालमा करदाताको कुनै सम्मान नै नभएको गुनासो गर्नुभयो ।

यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनले हुमनाथ पौडेलको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा खिमानन्द पौडेल, उपाध्यक्ष (उद्योग)मा ओम बहादुर के.सी., उपाध्यक्ष (वाणिज्य)मा मो.थकाली मियाँ, यसोसियट उपाध्यक्षमा राम रक्षा जैसवाल, महासचिवमा नेत्र पाण्डे, सचिवमा हेमनाथ पौडेल, कोषाध्यक्षमा शालिकराम आचार्य रहनुभएको छ ।

यस्तै सदस्यहरुमा रेवता पौडेल, गंगा के.सी., विष्णु प्रसाद पाण्डे, बासुदेव खनाल, कमला प्रसाद यादव, प्रल्हाद यादव, राजेश गुप्ता, विष्णु कुर्मी, होमनाथ न्यौपाने, भूपेन्द्रै अधिकारी, सिद्धप्रसाद अधिकारी, कमल अधिकारी, शंकर क्षेत्री, सुक्मदीन मियाँ, नन्द किशोर चौधरी, कृष्ण बहादुर कलवार, बेलाल अहमद र गोविनद पौडेल रहनुभएको छ ।

प्रतिक्रिया

खबर सबै