
कति सुरक्षित छ तपाईंले प्रयाेग गरिरहेकाे क्युआर काेड ?

काठमाडौं । पछिल्लो समय क्यूआर कोड रकम भुक्तानी र अन्य कामको लागि व्यापक प्रयाेग भइरहेको छ । क्यूआर कोडको उपयोगिता व्यापक छ । धेरै कामको लागि प्रयोग हुने क्यूआर कोड कत्तिको सुरक्षित छ त ?
क्यूआर कोड आफैँमा असुरक्षित त होइन तर साइबर आक्रमणको शिकार भने बन्न सक्छ । युआरएलले जस्तै क्यूआर कोडले पनि तत्काल वेबसाइट लगायत अन्य सम्पर्कहरूको जानकारी दिन्छ ।
यसले वाई-फाई नेटवर्कमा पासवर्ड कनेक्ट गर्न सकिन्छ । कुनै साइटमा सिधै लगइन गर्न सकिन्छ, डिजिटल भुक्तानी गर्न सकिन्छ । साथै, कुनै प्रडक्टहरूको बारेमा पनि क्युआर कोड स्क्यान गरेकै भरमा थाहा पाउन सक्छौँ ।
पछिल्लो समय क्यूआर कोडको कामको दायरा थप फराकिलो भइरहेको छ । क्यूआर कोड आफैँमा एक सुरक्षित व्यवस्था भए पनि साइबर अपराधीहरूको आक्रमणको जोखिम भने छ ।
क्यूआर कोडलाई म्यानुपुलेट अर्थात तोडमोड गरेर साइबर अपराधीहरूले प्रयोगकर्तालाई अर्कै वेबपेजमा पुर्याइदिने, एपहरू डाउनलोड गर्नको लागि आग्रह गर्ने जस्ता काम गर्न सक्छन् । अमेरिकी साइबर सेक्युरिटी कम्पनी पालो अल्टो नेटवर्कसले कोरोना महामारीको बेलामा गरेको अध्ययनको क्रममा क्यूआर कोडलाई कसरी दुरुपयोग गर्न सकिन्छ भन्ने विषयमा टुल्स र ट्युटोरियल सहितको भिडिओहरू सेयर भइरहेको पत्ता लागेको छ ।
साइबर अपराधीले क्यूआर कोडको दुरुपयोग कसरी गर्छन्? विभिन्न स्वार्थको लागि साइबर अपराधीहरूले क्यूआर कोडको दुरुपयोग गर्ने विभिन्न तरिकाहरू छन् । जस्तो कि ह्याकरले व्यावसायिक वेबसाइट ह्याक गरेर त्यसको क्यूआर कोडमा आफ्नो क्यूआर कोड प्रतिस्थापन गर्न सक्छन् ।
यसपछि ह्याकरले प्रयोगकर्तालाई सहजै आफूले चाहेको फिशिङ युआरएलमा पुर्याउन सक्छन् । उनीहरूले प्रयोगकर्तालाई भाइरस भएको असुरक्षित एपमा समेत पुर्याउन सक्छन् । त्यस्तै, अर्को तरिका हो ‘हनिपट’ ।
साइबर अपराधीले एउटा नक्कली असुरक्षित वाई-फाई नेटवर्क तयार गर्छन् र सार्वजनिक स्थलहरूमा निःशुल्क वाई-फाई अफर गर्छन् । यसको प्रयोग गरेर क्यूआर कोड प्रयोग गर्न खोज्दा ह्याकरले प्रयोगकर्ताको व्यक्तिगत विवरण सँगै आर्थिक विवरणहरू पनि लिन सक्छन् ।
त्यसैले सार्वजनिक स्थलहरूमा उपलब्ध निःशुल्क वाई-फाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ । सामान्य अवस्थामा क्यूआर कोड कसरी दुरुपयोग भइरहेको छ भन्ने कुरा हामीले पत्ता लगाउन सक्दैनौँ । यद्यपि आफूले क्यूआर कोड प्रयोग गर्ने बेलामा सावधानी अपनाउन भने आवश्यक छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया