

क्यान्सर उपचार : एक्सरे मेसिन नहुँदा विदेश जान बाध्य

नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।
न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् ।
चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गए । भारतमा ५० लाख रुपियाँ खर्चेर क्यान्सर उपचार गराएका ढकालले नियमित फलोअपका लागि पेट सिटिस्क्यान गर्नुपर्ने भयो । लकडाउनले गर्दा ढिलाइ भइरहेकोमा एक महिनाअघि नेपालमा पेट स्क्यानको सुविधा नभएपछि भारत गएर पेट स्क्यान गर्दा थप लाखौँ रुपियाँ खर्च गरे।
यदि नेपालमा पेट स्क्यान भएको भए सस्तोमा पेट स्क्यान गर्न सकिने उनको भनाइ छ । उनले राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउने ७० प्रतिशत नेपाली भएको बताए । ढकालमात्र होइन, पेटको सिटिस्क्यानका लागि विदेश जाने हजारौँ नेपाली रहेको उनको भनाइ छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया