


प्रदेश सभाको सवारी मर्मतमा ‘अनियमितता’, अख्तियारले थाल्यो अनुसन्धान



ई–साझाकुरा, भदौ १०
प्रदेश ५ को प्रदेशसभामा सवारी मर्मतलगायतमा देखिएको अनियमितता बारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । प्रदेशसभामा सवारी मर्मतमा अस्वाभाविक बिल आएको विषयमा विभिन्न सञ्चार माध्यम तथा लेखा समितिमा कुरा उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले अनुसन्धान थालेको हो ।

सवारी मर्मत खर्चको सम्पूर्ण विवरण माग्दै पत्र पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले बताए । गत वर्ष सवारी साधन खरिद प्रकरणले चर्चा पाएको प्रदेश ५ को प्रदेश सभामा गाडी मर्मतको बिल अस्वभाविक बनाउने देखि नियमविपरीत घरभाडा लिनेसम्मका काम भएका भन्दै सार्वजनिक लेखा समितिले प्रश्न उठाएको छ । प्रदेशसभा सार्वजजिक लेखा समितिले प्रदेशसभा सदस्य बैजनाथ कलावरको नेतृत्वमा छानविन उपसमिति गठन गरेको छ ।
सवारी साधन मर्मतसम्बन्धी सम्पूर्ण बिलको नम्बर, खर्च भएको मिति, मर्मत गरेको ग्यारेजको नामसहित विस्तृत फाइल मगाएर छानविन गरिरहेको कलवारले बताए । प्रदेश सभा सचिवालयका कर्मचारी, गाडी चालक र वर्कशपको मिलेमतोमा सवारी मर्मतमा अनियमितताको आशंका रहेको लेखा समिति सभापति डिल्ली चौधरीले बताए । उपसमितिले समितिमा हालसम्म पनि प्रतिवदेन भने पेस गरेको छैन । लेखा समिति सभापति चौधरीले लकडाउन खुलेपछि समितिको बैठक बस्ने र त्यसैमा प्रतिवदेन आउने बताए । प्रदेशसभामा रहेका गाडी मर्मतबापत यो आर्थिक वर्षमा ४५ लाख रुपैयाँको बिल आएको छ । विलमा गत बर्ष भन्दा धेरै आएको देखिन्छ । गतबर्ष पनि प्रदेशसभामा गाडी खरिद प्रकरणमा बजार मूल्य भन्दा धेरै रकमा खरिद गरेको भन्दै लेखा समितिले झन्डै ६० लाख रुपैयाँ कम्पनीलाई दिनबाट रोकेको थियो ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया