

लुम्बिनीका ९ जिल्लामा मात्रै सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन



कपिलवस्तु ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत ९ जिल्लामा मात्रै गाउँनगर अधिवेशन सुरु भएको छ ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ३ जिल्लामा भने निर्धारित तालिका अनुसार निर्वाचन हुन सकेको छैन । प्रदेशका बाँके र गुल्मीमा भने विवादका कारण रोकिएको छ । कपिलवस्तुमा विवादका कारण रोकिएका वडा अधिवेशन नभएकाले शनिबार पालिका अधिवेशन हुन सकेको छैन । वडाको अधिवेशनमा आकांक्षिहरु बढी भएपछि कांग्रेसलाई निर्वाचन सम्पन्न गर्न हम्मेहम्मे परिरहेको छ । कपिलवस्तुमा शनिबार सम्म वडाको अधिवेशन सक्ने र असोज १२ गते गाउँनगरको अधिवेशन गर्ने तयारी गरिएको छ । अन्य ९ वटा जिल्लामा भने बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको छ ।
बर्दियाको विवाद भने केही दिनअघि हल गरिएको थियो । बाँकेमा क्रियाशील र गुल्मीमा आन्तरिक विवादले गाउँ–नगरको अधिवेशन रोकिएको कांग्रेस नेता अमर पुनले जानकारी दिनुभएको छ ।
पुनका अनुसार बाँकी जिल्लामा शनिबार बिहानैबाट गाउँ–नगरको अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनका लागि गुटगत दुई प्यानल चुनावी मैदानमा छन् । लुम्बिनीका अधिकांश गाउँ–नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो । दुवै समूहका प्रभावशाली नेताहरु आफ्नो समूहका नेताहरुलाई पालिकामा जिताउन मैदानमा पुगेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया