

कपिलवस्तु सहित विभिन्न जिल्लामा वर्षाको सम्भावना,सचेत रहन आग्रह



काठमाडौं : जल तथा मौसम विज्ञान विभागले अझै केहि दिन भारी वर्षा हुने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतर्फ रहेको उल्लेख छ।
हाल सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराई भू-भागमा आंशिक बदली रहेको छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। राती गण्डकी र सुदूरपश्चिम प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाको बुलेटिनमा उल्लेख छ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
के छ बाढीको पूर्वानुमान ?
सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको छ। बाढी पूर्वानुमानका अनुसार कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामन्य बढ्ने; कर्णाली र यसका सहायक नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।
कमला,बागमती, पुर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती लगायतमा बहाब बढ्ने; कन्काई, बबईमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ। प्रदेश १ को इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर, प्रदेश २ को धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा; बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर; गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपुर, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ; लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलबस्तु, प्युठान, दाङ, सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया