

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय



काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका हुन् ।
आज बुधवार बसेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) को बैठकले सहरी क्षेत्रमा हरेक ग्राहकसँग प्रति–महिना एक सय ५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणलाई पोल भाडा नबढाउन आग्रह गर्दा पनि प्राधिकरणले नमानेको भन्दै शुल्क बढाउने निर्णय गरिएको उहाँको भनाइ छ । शुल्क बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिने उनीहरूले तयारी गरेका छन् ।
यसअघि विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना दुई सय ५० रुपैयाँ लिने गरेकोमा अहिले किलोमिटरका दरले शुल्क तोकेको उहाँले बताउनुभयो । हिसाब गर्दा अहिले एउटा पोलको मासिक भाडा सात सय ५० रुपैयाँसम्म पर्न आउने भएकाले शुल्क बढाउनुको अर्को विकल्प नभएको पराजुलीले बताउनुभयो ।
बढेको शुल्क नतिरेको भन्दै विद्युत् प्राधिकरणले चितवनमा इन्टरनेटको तार काट्दा हजारौँ ग्राहक समस्यामा परेको र अन्य क्षेत्रमा यस्तो समस्या नआओस् भनेर भाडा बढाउने निर्णय भएको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो ।
सहरमा एउटै पोलबाट धेरै ग्राहकलाई सेवा दिन सकिने भएकाले एक सय ५० रुपैयाँमात्रै बढाइएको र ग्रामीण क्षेत्रमा एक जना ग्राहकसम्म पुग्नकै लागि धेरै पोल प्रयोग गर्नुपर्ने भएकाले तीन सय रुपैयाँ बढाउने निर्णय भएको आईस्पानले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया