

नेपाल टेलिकमले थाल्याे जनगणनाकाे रिङ्गटाेन बजाउन



काठमाडौं : नेपाल टेलिकमले नमस्ते सिम प्रयोगकर्ताका लागि ‘रिङ ब्याक टोन’ परिवर्तन गरेको छ। यसअघि कोरोनासम्बन्धी जानकारी दिने टेलिकमले अब भने जनगणनासम्बन्धी जानकारी दिन थालेको हो।
राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्नका लागि टेलिकममार्फत जानकारीमूलक सन्देश बजाउन थालिएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए।
स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले जनगणनासम्बन्धी जानकारी सुन्न सक्नेछन्।
‘अहिले देशभर करिब ८ हजारभन्दा बढी सुपरिवेक्षक खटिनुभएको छ’, उनले भने, ‘भाद्र ३० देखि असोज १८ सम्म सुपरिवेक्षकहरू देशभरि पुगेर सूचीकरण गर्नुहुन्छ। आम जनताले सुपरीवेक्षकहरूलाई सूचीकरणका लागि सहयोग पुर्याउन सहयोगी भूमिका खेल्नुहुन्छ भनेर ‘रिङ टोन’को सहायता लिइएको हो।’
विभागले राष्ट्रिय जनगणना २०७८ सफल पार्न सबैसँग अनुरोध गरेको छ। असोज १८ गते सूचीकरण सकिएपछि लगत्तै जनगणनाको काम हुनेछ।
यसअघि नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले वि.स २०७६ चैत ६ गते बिहीबारबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’मा कोरोनासम्बन्धी जानकारीमूलक सन्देश दिन थालेको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया