

रोकिएन मानव बेचबिखन



कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछन् ।
यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उनी बताउछन् ।
ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए । नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए । त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पु-याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग भइन्।
इन्कार गर्दा गर्दै तलबसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उनी भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुगिइन् । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उहाँ यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल भइन् ।
नेपालमा माइती नेपालको संरक्षणमा रहँदै पीडक मधु श्रेष्ठविरुद्ध मुद्दा हालिइन् । प्रहरीले उनको उजुरीका आधारमा पीडकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । यी जस्तै रोजगारको बहानामा बेचिने पुरुषभन्दा महिला बढी रहेको ब्युरोको त्रिवर्षीय तथ्याङ्कले देखाउँछ ।
जसअनुसार आर्थिक वर्ष २०७५/०७६ मा बेचिने पुरुषको सङ्ख्या ७१ हुँदा महिलाको सङ्ख्या ३१६ जना रहेका छन् । त्यस्तै २०७६/७७ मा पुरुष १४ र महिला ११९ जना बेचिएको घटना दर्ता भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा पुरुष चार र महिला १८३ जना बेचबिखनमा परेको मुद्दा छ । मुद्दा दर्ताको हकमा तीन वर्ष नै भने महिलाले भन्दा बढी पुरुषले दर्ता गराएको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ






प्रतिक्रिया