अविरल वर्षाका कारण गुल्मीको सेउघामा सडक भासियो

गुल्मी

अविरल वर्षासँगै गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ वालसहित सडक भत्किएर पहिरो जाँदा दुईवटा घर समेत जोखिममा परेका छन् ।

रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे  सडकको आधाभन्दा धेरै भाग भत्किएको छ । सडक भासिएपछि आवतजावत जोखिमपूर्ण बनेको छ ।

अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिए पनि धेरै भाग चर्किएकाले थप पहिरो जाने जोखिम बढेको छ ।

सडकको नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका घरमा मानिसहरु अहिले घरमै बस्दै आए पनि अन्यत्र सार्नुको विकल्प नरहेको उनले बताए ।

प्रतिक्रिया

खबर सबै