

अविरल वर्षाका कारण गुल्मीको सेउघामा सडक भासियो



गुल्मी
अविरल वर्षासँगै गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ वालसहित सडक भत्किएर पहिरो जाँदा दुईवटा घर समेत जोखिममा परेका छन् ।
रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधाभन्दा धेरै भाग भत्किएको छ । सडक भासिएपछि आवतजावत जोखिमपूर्ण बनेको छ ।
अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिए पनि धेरै भाग चर्किएकाले थप पहिरो जाने जोखिम बढेको छ ।
सडकको नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका घरमा मानिसहरु अहिले घरमै बस्दै आए पनि अन्यत्र सार्नुको विकल्प नरहेको उनले बताए ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया