

अविरल वर्षाका कारण गुल्मीको सेउघामा सडक भासियो


गुल्मी
अविरल वर्षासँगै गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ वालसहित सडक भत्किएर पहिरो जाँदा दुईवटा घर समेत जोखिममा परेका छन् ।
रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधाभन्दा धेरै भाग भत्किएको छ । सडक भासिएपछि आवतजावत जोखिमपूर्ण बनेको छ ।
अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिए पनि धेरै भाग चर्किएकाले थप पहिरो जाने जोखिम बढेको छ ।
सडकको नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका घरमा मानिसहरु अहिले घरमै बस्दै आए पनि अन्यत्र सार्नुको विकल्प नरहेको उनले बताए ।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया