अर्घाखाँचीमा प्रहरीलाई धम्की दिने पक्राउ

अर्घाखाँची

निषेधाज्ञामा प्रहरीलाई गाली गलौच गर्नेलाई प्रहरीले मुद्दा चलाएको छ ।

सामाजिक संजाल मार्फत भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक अमर थापाले जानकारी दिए ।

चालक पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सन्धिखर्क नगरपालीका वडा नम्बर-१, शान्तीबगैँचा स्थित सार्वजनिक ट्याक्सीमा निषेधाज्ञा जारी भएको अवस्थामा फेसबुकमा सुचाना संप्रेषण गर्दै यात्रुहरु ओसार–पसार गरेको फेला परेपछी उनलाई प्रहरीले सोधपुछ गरेको थियो ।

सोधपुछ गर्दा ड्युटीमा खटिएका प्रहरीलाई गाली–गलौज, धाकधम्की दिएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

खबर सबै