

पश्चिम नवलपरासीमा नागरिकता बनाउन भिड



परासी । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ। जिल्लामा राष्ट्रिय परिचय–पत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो।
परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताए। जिल्लाका स्थानीय तहहरूमा टोली पठाएर राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु गरिएको छ। जसअनुसार बर्दघाट नगरपालिकाबाट विवरण संकलन कार्य सुरु भएको छ। नयाँ नागरिकतासँगै पुराना, फोटो मेटिएको प्रतिलिपि लिनेहरू पनि आएका कारण भिड बढेको हो।
‘नागरिकतामा भरिएको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँ भन्दा पनि प्रतिलिपि लिन आउको संख्या बढी छ।’ प्रमुख जिल्ला अधिकारी माझीले भने।
हरेक दिन २ सय बढी नागरिकता बनाउन आउने गरेका छन्। भिड बढेपछि हरेक पालिकालाई बारका आधारमा नागरिकता वितरणको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। साउन १ देखि सुरु भएको यो अभियान अन्तर्गत हरेक वडामा १ देखि ६ वटा टोलीहरूले विवरण संकलन गरिरहेका छन्।
विवरण संकलन गर्न जिल्लामा ४२ वटा टोली खटाइएका छन्। सरकारी तथा निजी क्षेत्रसहित अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधा र सम्पूर्ण कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यो अभियान सुरु गरेको हो। यो समाचार अन्नपूर्ण पोष्टमा हरि शर्माले लेखेका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया