कपिलवस्तुको वाणगंगामा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् श्रावण २८ गते साझको करिब ६.३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका वर्डा न ४  सिद्दिपुरमा रहेको बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छालाको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुशन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोली होटलमा पुगि खानतलासी गर्ने क्रममा २ वटा रेड पाण्डाको छाला र १ वटा पुच्छर सहित तिन जनालाई पक्राउ  गरिएको प्रहरीले जानकारी गाएको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ बस्ने २९ बर्षीय खगेन्द्र पुरी , सोही ठाउँका ३२ बर्षीय आशिष जोग, र २६ बर्षीय सौरभ राजवंशी रहेका छन् । पका्रउ परेका तिनै जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुशन्धान भैरहेको र कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।


 

प्रतिक्रिया

खबर सबै