कोरोनाको झैँ प्रतिगमनको पनि ‘नयाँ भेरिएन्ट’ आउन्छ : डा. बाबुराम

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोनाको झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने चेतावनी दिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा भट्टराईले पछिल्लो समय नेपालमा परिवर्तनका उपलब्धि उल्ट्याउने, गणतन्त्र र संघीयतामाथि धावा बोल्ने तत्वहरु सक्रिय हुँदै गएकोतर्फ इंगित गर्दै उक्त चेतावनी दिएका हुन् ।

‘पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ ।’

उनले ढुक्क भएर आफ्नै विगतका गुट वा पार्टीमा नफर्कन समेत आग्रह गरेका छन् । पछिल्लो समय नेकपा एमालेमा एकता प्रयास जारी रहेका बेला उनको यो भनाइले पार्टीहरु एकता हुन नहुनेतर्फ इंगित गरेको छ ।

प्रतिक्रिया

खबर सबै