अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको बैठकको निर्णय भदौमा जिल्ला सम्मेलन

कपिलवस्तु

ने.क.पा माओबादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तु जिल्लाको पुर्ण बैठक आज समपन्न गरेको छ ।

तौलिहवा स्थित पार्टी कार्यालयमा बसेको उक्त बैठकले देशको राजनीति परिस्थितिको बारेमा चर्चा गरेको थियो । यस्तै बैठकले यहिँ भदौ  २८ र २९ गते जिल्ला सम्मेलनको तयारीमा जुट्न सबैलाई आग्रह गरेको छ ।

आज बसेको बैठकले आउँदो सम्मेलनका लागि विभिन्न उपसमिति समेत बनाएर कार्य विभाजन समेत गरेको छ । जस मध्ये संगठन बिस्तार अभियानका लागि हरिस चन्द्र खनालको संयोजकमा ३ सदस्य समिति, पुष्कर भुसाल संयोजक रहने गरि ४ सदस्य अार्थिक समिति यस्तै भगवती न्यौपाने संयोजक रहने गरि २ सदस्यीय पत्रचार समिति समेत गठन गरिएको छ ।

बैठकमा बोल्दै अनेरास्ववियु क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष केशवराज विश्वकर्माले अहिलेको नेतृत्वले जिल्लाभर अनेरास्ववियु क्रान्तिकारीको नाम उच्च गराउन तथा संगठन बलियो भएका कारण अन्य संगठनले यसलाई केहि गर्न नसक्ने बताउनु भएको थियो ।भने अब आउने सम्मेलनका लागि सबै एकजुट भएर लाग्न समेत आग्रह गर्नुभएको छ।

आयोजित बैठक    पुर्व बुद्धभुमि नगर सचिव   मोहन केवटको प्रमुख आथितियता, अनेरास्ववियु क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष  केशवराज बिश्वकर्माको विशिष्ट अाथितियता तथा हरिस चन्द्र खनालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै