कोइलीचौर वनको समाचर प्रति राजनितिक दलको ध्यानाकर्षण

भलवाड ।

नेपाली कांग्रेस कपिलवस्तुका महासमिति सदस्य हरिराज घिमिरेको नेतृत्व रहेको जिल्लाको सबैभन्दा पुरानो सामुदायिक वनको विषयमा केही अनलाईन संचारमाध्यममा प्रकाशित समाचार प्रति नेपाली कांग्रेस भलवाड वडा समितिले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइलीचौर सामुदायिक वनमा बेथिति बढेको र एउटै व्यक्ति २५ वर्ष सम्म अध्यक्ष भईरहेको विषयलाई केन्द्रित गर्दै केही संचार माध्यमले समाचर प्रकाशित गरेको जनाउँदै नेपाली कांग्रेस भलवाडका वडा सभापति दिपककुमार थापाले सत्य तथ्य प्रमाण विना समाचार लेख्ने पत्रकार र प्रकाशित गर्ने मिडिया प्रति खेद प्रकट गरिएको जनाउँदै नेपाली कांग्रेका महासमिति सदस्य घिमिरेको चरित्र हत्या गर्ने काम भएको उल्लेख गरिएको छ ।

कोईली चौर साना किसान सामुदायिक वनमा वि.सं. २०६८ साल देखि निरन्तर हरिराज घिमिरे अध्यक्षमा रहदै आउनुभएको छ । सो वन कपिलवस्तु जिल्लाका सामुदायिक वनहरु मध्ये सबैभन्दा पुरानो वन पनि रहेको छ । नेपाली कांग्रेस भलवाडले समाचरको सत्यतथ्य बाहिर ल्यान समेत माग गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र भलवाडले समेत एक विज्ञप्ति जारी गर्दै सो विषयको उचित छानविन हुनुपर्ने जनाएको छ । वनका कोषाध्यक्ष समेत रहेका माओवादी केन्द्रका नगर कमिटि सदस्य कुन्तामणी भुषाल प्रति समाचरमा लगाइएको आरोपको कुनै सत्यता नरहेको माओवादी केन्द्र भलवाड अध्यक्ष भविश्वर भुषालले दावी गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै उहाँले प्रकाशित समाचारको कुनै सत्यता नरहेको उल्लेख गर्दै समाचार लेख्ने मिडियालाई कानुनी दायामा ल्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

खबर सबै