कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोईली चौर सामुदायिक वनले सोमबार एक पत्रकार सम्मेलन गर्दै वनका विषयमा केही अनलाईन संचार माध्ममा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको बताएको छ ।
आईतबार कपिवलस्तुका केही अनलाईन संचार माध्यममा वनको विषयमा समुदायमा रहेका राष्ट्रिय वनमा भ्रष्टाचारको अखडा बन्दै गएको र बनमा बेथिति बढ्दो तथा कोईलीचौर सामुदायिक वनमा बेथिति बढेको समाचार बाहिर आएपछि वन कार्यसमितिले सोमबार एक पत्रकार सम्मेलन मार्फत समाचार प्र्रति खण्डन गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
बनको स्थापना काल देखि नै हरिाराज घिमिरेले अध्यक्ष पदमा रहि हाल सम्म काम गरी रहेको भन्ने समचार स्विकार गरे पनि बनको निती नियम र विधान अनुसार ३/३ वर्षमा अधिवेशन र १/१ वर्षमा साभारण सभा, लेखा परिक्षण, हिसाब सार्वजनिक गर्दै आएको वनका कोषाध्यक्ष कुन्तामणी भुषालले पत्रकार सम्मेलन मार्फत बताए ।
२५ बर्ष सम्म एउटै अध्यक्षले अध्यक्ष पद कब्जा गरि बस्नु आफैमा सामाजिक भ्रष्टाचार मानिने समाचार प्रति आफ्नो धारणा व्यक्त गर्दै बनका अध्यक्ष घिमिरेले उपभोक्ताहरुले नै खुसि भई आफैलाई निविरोध निर्वाचित गरेको बताउँछन् ।
ढुंगा विक्रीको २० लाख छैन भन्ने समाचार सम्बन्धमा बनका पदाधिकारी तथा उपभोक्ताहरुले बनले ढुङ्गा बिक्रि गर्न पाउने कुनै विधानमा नलेखिएको र बनले ढुङगा बिक्रि बितरण गर्न नपाउने नियम अनुसार आफुहरुले ढुङ्गा बिक्रि नगरेको अध्यक्ष घिमिरेले बताए ।
चोरी गरेका ढुङगा जफत गरि नयाँ भवन बनाइएको र ढुङ्गा सम्बन्धि नगरले नै टेण्डर गर्ने हुनाले यसमा आफुहरुले संरक्षणका लागि रेखदेख गरेको तर चोरी बढे पछि सम्बन्धित निकायलाई समेत ध्यानकर्षण गराएको वन कार्यसमितिले जनाएको छ । गलत समाचार प्रकाशन गर्ने मिडिया विरुद्ध अदालतमा जाने पनि कोईलीचौर सामुदायिक वनले जनाएको छ ।
बैज्ञानिक बनका नाममा लुट धन्दा बारे यस्तो भन्छिन् सचिव गिरी
कोइलीचौरका पदाधिकारीले बैज्ञानिक बन व्यवस्थापन खर्चमा समेत अप्रत्याशित खर्च देखाएको भन्ने कुराको खण्डन गरेका छन् ।
करिब २१८ हेक्टर बन क्षेत्र रहेको सो वनको आ.ब.०७६/७७ मा १४ हेक्टर झाडी सफाई गर्दा ४ लाख ९ हजार खर्च देखाइएको विषय समेत सत्य नरहेको दावी गरेका छन । सचिव माधुरी सेन गिरीका अनुसार १४ हेक्टर नभई ९० देखि १०० हेक्टर झाडी सफाई गरेको र सोहि अनुसार उपभोक्ताहरुलाई पारिश्रमिक दिएको स–प्रमाण आफुहरु सँग रहेको बताएकी छिन् ।
भवन निर्माण र काठ विक्रिको विषय के हो ?
खर्च देखाउन समितिले एउटा भवन हुँदाहुँदै अर्को स्थानमा २० लाख २६ हजारमा नयाँ भवन निर्माण गरेको विषय प्रति समितिले क्षेत्रफल धेरै भएको र पुरानो भवन जिर्ण भएकोले नयाँ भवन निमार्ण गर्नु परेको जनाएको छ ।
समितिले भवनको लागत स्टिमेट तथा कार्यसम्पन्न विवरण अहिले सम्म स्वीकृत नगराएको विषयमा पनि चासो व्यक्त भएको छ । आफुहरु सगँ सबै विवरण तथा लेखा परिक्षण समेत तथा साधारण सभाबाट खर्च पुर्ण रुपमा पारित गरेको र सोको प्रमाणहरु रहेको बनले दाबी गरेको छ । समितिका कोषाध्यक्ष कुन्तामणि भुसालले फर्जि उपभोक्ता खडा गरि सस्तो दरमा काठ खरिद गरि बनगाई, बोर्डगाउँ तथा चार नम्बरका व्यापारीहरुलाई काठ विक्री गर्ने गरेको आरोप निराधार रहेको बताएका छन ।
भुसालका अनुसार आफुहरुले पहिले नै उपभोक्तालाई काठ उपल्ब्ध गराउने र उपभोक्ताले बनको नियम अनुसार सहमिलमा लगेर चिरान गरी घर खर्चलाई सदुप्रयोग गर्ने गरेको बताउन्छन् । उपभोक्तालाई हामीले सोहि सम्बन्धमा गरेको प्रश्नमा बनबाट त्यस्तो कुनै काम नभएको जिकिर गर्दै कोहि उपभोक्ताले समितिलाई फसाउन चलखेल गरेको समेत बताए ।
कपोल कल्पित समाचार बाहिर आएको भन्दै बनका अध्यक्ष लगायतका पदाधिकारीहरुले यसको बिरोध समेत गरेका छन् । बनले समाचार प्रकाशित गर्ने मिडियाहरु प्रति आफुहरुले सम्पुर्ण प्रमाण जुटाउदै जिल्ला अदालतमा समेत जान तयार भएको बताएका छन् । यस सम्बन्धि आफुहरु सँग दह्रो प्रमाण रहेकोले कुनै पनि हालतमा पछाडि नहट्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।


















प्रतिक्रिया