

लागुपदार्थ दुव्र्यसनीविरुद्ध प्रयास सामजिक युवा क्लवले ग¥यो जनचेतना कार्यक्रम



राजेन्द्र खनाल
कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपलिका वडा नम्बर ९ भर्तापुरमा आज लागुपदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । प्रयास सामाजिक युवा क्लवको आयोजना र अमृते सामुदायिक वनको सहयोगमा ईलाका प्रहरी कार्यालय पिपरासँगको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मुख्य प्रशिक्षक समेत रहनुभएका ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले कपिलवस्तुको बाणगंगा नगरपालिका लागु औषधको भयावह स्थितिमा पुग्न सक्ने भन्दै बेलैमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले बाटै सबै निकाय गम्भिर नबने अबको दश वर्ष भित्र बाणगंगा नगरपालिका लागु औषधको कारोवार र प्रयोगका हिसाबले खतरनाक अवस्थामा पुग्ने बताउनुभएको हो । प्रहरी अनुसन्धानमा प्रयोगकर्ता र लागुऔषध कारोवार गर्ने गिरोह अत्याधिक सक्रिय बनिरहेकाले कुनैपनि निकायको एक्लो प्रयासले रोकथाम वा न्यूनिकरण सम्भव नहुने प्रहरी निरिक्षक गुरुङले बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले स्थानीय निकाय,विद्यालय, समुदाय लगाएत सँग समन्वय गरी यसको रोकथामका प्रयास थालेको पनि उहाँले जानकारी दिनुभएको छ । सहभागीहरुलाई लागुपदार्थ कसुरमा हुने सजाय र कानुनी कार्वाहीका बारेमा पनि उहाँले जानकारी दिनुभएको छ ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासेले १३ देखि २० वर्ष उमेर समुहका युवा युवती तथा किशोर किशोरीहरु लागुपदार्थको दुव्र्यसनीमा बढी फस्ने जोखिम रहेका कारण यस सचेत हुन आग्रह गर्नुभएको छ । उहाँले प्रयास सामाजिक युवा क्लवले जनचेतना जगाउने गरी आयोजना गरेको यो कार्यक्रम उत्कृष्ट रहेको भन्दै वडाको तर्फबाट पनि जनचेतना जगाउने गरी कार्यक्रमहरु संचालन भएको पनि बताउनुभयो ।
कार्यक्रममा आस्था फाउण्डेसन जितपुरका प्रशिक्षकहरुले समेत सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । क्लवका अध्यक्ष हिमबहादुर खनालको अध्यक्षता रहेको कार्यक्रममा अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी र समाजसेवी तथा क्लवका सल्लाहाकार हरिराज घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो ।
यस्तै क्लवका कोषाध्यक्ष विष्णु पाण्डेको स्वागत सहित सदस्य दिपक कुवँरको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रयास सामाजिक युवा क्लवका युवा सदस्यहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया