

गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो


गुल्मी । गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ भङ्ल्याङमा दुर्घटना हुदाँ सात जना घाइते भएका हुन् ।
दुर्घटनामा चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकोट गाउँपालिका–५ हरेवामा होटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता विकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ ।
त्यस्तै पाल्पामा उपचारको लागि चन्द्रकोट गाउँपालिका ६ हरेवा बस्ने २० वर्षीय बिनिता परियार, चन्द्रकोट गाउँपालिका–८ मजुवा बस्ने ४५ वर्षीय बमबहादुर विक, चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्ने ३९ वर्षीय गगन क्षेत्री र चन्द्रकोट गाउँपालिका–८ मजुवा बस्ने ४५ वर्षीय सुनिल विकलाई पाल्पामा उपचारका लागि पठाइएको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया