

गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो



गुल्मी । गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ भङ्ल्याङमा दुर्घटना हुदाँ सात जना घाइते भएका हुन् ।
दुर्घटनामा चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकोट गाउँपालिका–५ हरेवामा होटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता विकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ ।
त्यस्तै पाल्पामा उपचारको लागि चन्द्रकोट गाउँपालिका ६ हरेवा बस्ने २० वर्षीय बिनिता परियार, चन्द्रकोट गाउँपालिका–८ मजुवा बस्ने ४५ वर्षीय बमबहादुर विक, चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्ने ३९ वर्षीय गगन क्षेत्री र चन्द्रकोट गाउँपालिका–८ मजुवा बस्ने ४५ वर्षीय सुनिल विकलाई पाल्पामा उपचारका लागि पठाइएको छ ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया