कपिलवस्तुको बाणगंगामा मौरीपालन व्ययवसायका लागि तालिम सुरु

हरि आचार्य, कपिलवस्तु ।

शुभकामना सामाजिक विकास संस्थाको आयोजनामा मौरीपालन व्ययवसाय विस्तारका लागि कपिलवस्तुको बाणगंगामा कार्यशाला गोष्ठि तथा तालिम सुरु गरिएको छ ।

कृषि वन सहज कार्यक्रमको सहयोग रहेको उक्त कार्यक्रममा मौरीपालन व्यवसायी लगायत सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल गरिएको छ । बाणगंगाको चार नम्बरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन नगरपालिकाका उपमेयर चक्रपाणि अर्यालले गरेका थिए । महको मुल्य अभिवृद्धिका दिगो मौरिपालन उद्यम र एकिकृत बजारीकरणको प्रवद्र्धन परियोजना अन्तर्गत मौरिपालन किसान, सहकारी तथा गैरसरकारी निकाय र अन्य सरोकारवालाहरु बिचको समन्वयात्मक बैठक तथा तालिम समेत सम्पन्न गरिएको छ । मौरिपालन व्यवसायलाई कसरी आधुनिकिकरण गर्न सकिन्छ, बजारको सुनिश्चितता कसरी गर्न सकिन्छ, महको एकिकृत मुल्य कसरि गर्न लगायत विविध विषयमा तालिम समेत प्रदान गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उपमेयर अर्यालले मौरीपालन व्यसायलाई विस्तार गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए । उपमेयर अर्यालले विकास निर्माणसंगै मौरीपालन किसानहरुलाई विभिन्न अनुदान तथा सहुलियतका कार्यक्रम सञ्चालन गरिरहेकाले नगरपालिकासंग जोडिन आह्वान समेत गर्नुभयो ।

शुभकामना सामाजिक विकास संस्थाले यस अगाडि बाणगंगाका विभिन्न स्थानमा आधारभुत तालिम सञ्चालन गर्नुका साथै घारगोला वितरण लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको संस्थाका कार्यक्रम संयोजक गंगालाल पाण्डेले जानकारी दिए । कार्यक्रममा सहभागिले आफ्नो व्यवसायको बारेमा जानकारी दिंदै विभिन्न सल्लाह सुझाव समेत दिएका थिए ।

कार्यक्रममा मौरिपालन केन्द्रिय सहकारी संघका अध्यक्ष तेजनारायण पोख्रेलको अध्यक्षता, उपमेयर चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यलय चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाको विशिष्ट आतिथ्यता, संस्थाका कार्यक्रम संयोजक गंगालाल पाण्डेको स्वागत मन्तब्य तथा उपाध्यक्ष आरती अधिकारीको सञ्चलान रहेको थियो ।

प्रतिक्रिया

खबर सबै