

काठमाण्डाै–नयाँ दिल्ली : हप्तामा ६ उडान





काठमाण्डाै
नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाण्डाै–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने भएको छ । यसअघि नयाँ दिल्लीमा हप्ताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो ।
सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब नयाँ दिल्लीमा काठमाण्डाैबाट सोमवार, बुधवार र शनिवार निगमको जहाजले उडान भर्नेछ ।
यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधवार र भारतको एयर इन्डियाले शुक्रवार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् । यात्रुको सहजतालाई ध्यानमा राखेर एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने वार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया