वाणगंगा ९ को राम आधारभुतका प्रधानाध्यापक ओमलाल गिरी उत्कृष्ट शिक्षकका रुपमा छनौट

कपिलवस्तु

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेशमा रहेका सामुदायिक बिधालयहरुमा उत्कृष्ट शिक्षक छनौट गरेको छ । २०७८–०१–१८ गते बसेको छनौट समितिको निर्णयले उत्कृष्ट शिक्षकहरु छनौट गरेको हो ।
यता कपिलवस्तु जिल्लाकै शैक्षिक संस्था राम आधारभुत विद्यालयका प्रधानाध्यापक ओमलाल गिरी उत्कृष्ट शिक्षक छनौट हुनु भएको छ । जिल्लाका विभिन्न बिधालयमा अध्यापन गराउदै आईरहेका शिक्षकहरु मध्ये गिरी उत्कृष्ट बन्नु भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ पडरियामा अवस्थित बिधालयका प्र.अ उत्कृष्ट छनौट भएको भन्दै बिधालयमा अध्यनरत विद्यार्थी र शिक्षक अभिभावक , बिधालय ब्यावस्थापन समिति मात्रै हैन सिङ्गो बिधालय परिवारनै खुसी अभिभावकले बताएका छन् ।

प्र.अ गिरीले आफू मात्रै हैन अब बिधालय लाई नै सर्वोउत्कृष्ट बनाउने अठोट समेत गर्नु भएको छ । आफ्नो शैक्षिक जगतमा लामो अनुभव रहेको बताउदै उहाँले अझै शिक्षा क्षेत्रमा अग्रमोर्चामा रहेर काम गरीने बताउनु भयो ।

प्रतिक्रिया

खबर सबै