

कपिलवस्तुको भलवाडका नरबहादुरको उपचारमा सामुहिक पहल, नागरिकतहबाट सहयोग



राजेन्द्र खनाल ,कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित एक विपन्न परिवारका सदस्यको स्वास्थ्यउपचारमा सामुहिक सहयोगबाट उद्धार भएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरीखोलाको नदी तटिय क्षेत्रमा बसोबास गर्दै आएका अति विपन्न परिवार नरबहादुर कुमालको स्वास्थ्यउपचारका लागि स्थनीय संघसस्थाहरु सँगै नागरिकहरु र भलवाडबाट बैदेशिक रोजगारीमा रहेका केही युवाहरुको आर्थिक सहयोगमा उनको पहिलोचरणको उपचार गरिएको हो ।
असार ८ गते रुखबाट लडेर गम्भिर घाईते भएका कुमालको एउटा खुट्टा छेद्विच्छेद हुने गरी भाचिएको थियो । उनको उपचारका लागि परिवारले तत्काल स्थानीय मेडिकलमा पु¥याएको भए पनि थप उपचारका लागि उनलाई बुटवल स्थित चौराह अस्पतालमा लगिएको थियो । केही दिनको उपचार पछि उनलाई अस्पतालले डिस्चार्ज समेत गरेको थियो । तर अस्पताल खर्च र उपचार खर्च भुक्तानी दिन नसकेका कारण उनी घर फर्कन पाएका थिएनन् । आर्थिक अभावका कारण परिवारका सदस्यले सहयोग उठाउन सुरु गरेता पनि प्रयाप्त सहयोग नभएपछि स्थानीय सामुदायिक वन, विभिन्न संघ संस्थाहरु, युवा क्लव तथा युवा अभियान्ताहरुको आर्थिक सहयोग पछि उनलाई अहिले घर ल्याइएको छ ।
त्यस्तै चौराह अस्पताल प्रशासनले समेत उपचाररत कुमालको आर्थिक अवस्था अत्यन्त कमजोर थाहा पाए पछि भने उपचारवापत लागेको ८७ हजार रकम मिनाह गर्ने निर्णय गरेको अस्पतालका संचालक सुदन ज्ञवालीले बताउनुभएको छ । यद्यपी उनको उपचार खर्च मिनाह गरको भए पनि सहयोगबाट जम्मा भएको रकम भने अस्पतालको विपद व्यवस्थापन कोषमा जम्मा गरिएको स्थानीय समाजसेवी तथा जसपा नेपालका कन्द्रीय सदस्य नारायण खनालले जानकारी दिनुभएको छ । जसको कोही हुदैँन त्यसको सरकार हुन्छ भन्ने सुनिएको भए पनि अहिले भने भुँइतहको सर्वसाधारण मानिसले सकारको अनुभूति गर्ने ठाउँ नपाएको उल्लेख गर्दै खनालले उपचाररत कुमालको उपचारमा सहयोग गर्न सामाजिक संजालमा अपिल गर्नुभएको थियो ।

उनको उपचार सहयोगका लागि भलवाडका समाजसेवी तथा अभियान्ताहरु दिपक थापा, राजु खड्का,गोपाल गिरी, प्रेम नारायण पाण्डे , राजेन्द्र खनाल , ताराबहादुर बुढाथोकी झबिन केसी लगाएतका युवाहरुले प्रत्यक्ष सहयोग गरेका थिए ।
मनको साथी प्रतिष्ठान र बैदेशिक रोजगारीमा रहेका युवाहरुको सहयागमा रु १० हजार रुपैँया तत्काल उपलब्ध गराइएको प्रतिष्ठानका अभियान्ता प्रेम पाण्डेले जानकारी दिनुभयो । यस्तै भलवाड स्थित सरेपानी सामुदायिक वनले कुमालको उपचारका लागि १० हजार सहयोग गरेको छ भने अमृते सामुदायिक वन भर्तापुर, कोइलीचौर सामुदायिक वन भर्तापुर, खोजिपुर सामुदायिक वन जिनुवा, खुतखुते सामुदायिक वन भर्लावास, कोटिहवा सामुदायिक वन बर्दहवा र नमुना सामुदायिक वन चौवाहबाट ५÷५ हजार रुपैँया सहयोग प्रदान गरिएको छ । यस्तै स्थानीय राजनितिक दलका नेता तथा सामाजिक अभियान्ताहरुको आर्थिक सहयागबाट तत्कालका लागि करिब ५० हजारको सहयोग भएको जनाइएको छ ।

कुमालको उपचारका लागि सहयोग संकलन तथा उपचारमा सहयोग अपिलका लागि स्थानीय समाजसेवीहरु नारायण खनाल, दिपक थापा, राजु खड्का र गोपाल गिरीले मुख्य पहल गर्नुभएको थियो । त्यस्तै कपिलवस्तु सामुदायिक अस्पतालका व्यवस्थापक चन्द्रकान्त पोख्रेल लगाएत भलवाडका स्थानीय युवाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । अहिले उनलाई आफ्नै घरमा ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । उनको अवस्था निकै नाजुक रहेको छ ।

को हुन नरबहादुर ?
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ को भलवाड स्थित एक अति विपन्न परिवार हो नरबहादुर कुमाल । उनी सुकुमबासी तथा भुमिहीन नागरिक हुन । दुई श्रीमति र ८ सन्तान सहित उनको दैनिकी निकै कष्टपूर्ण वितिरहेको छ । दैनिक मजदुरी गरी खाने उनको जीवन शैली राउटे जातिकै स्थितिमा गुज्रीरहेको छ । नदी तटीय क्षेत्रमा एक जंगलको किनारामा सानो झुपडीमा उनको परिवार बस्दछन् । घरको नाममा छानो मात्रै छ । एक छोरी कक्षा ८ मा अध्ययन गर्दै आएकी छिन् । उनी अपाङ्ग अवस्थामा रहेकी छिन् ।
एक छोरा र तीन छोरी सहित हाल ६ जनाको परिवार उनको सोही झुपडीमा राउटे जीवनशैलीमा बसोबास गर्दै आएका छन् । तर असार ८ गतेको यो घटनाले भने उनीहरुको परिवारमा ललहविलहको स्थिति सिर्जना भएको हो ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया