

गुल्मीमा कोरोना : संक्रमण निको हुने भन्दा संक्रमित धेरै



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ३८ जना र पिसिआर परिक्षण गर्दा ४० जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
जिल्लाकाे मुसिकाेट नगरपालिकामा दस जना, छत्रकाेट गाउँपालिकामा २३जना,इस्मा गाउँपालिकामा १५ जना, रुरुक्षेत्र गाउँपालिकामा सात जना,गुल्मीदरबार गाउँपालिकामा नौ जना,सत्यवति गाउँपालिकामा चार जना,रेसुङा नगरपालिकामा छ जना,मदाने गाउँपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा एक जना गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४१८ पुगेको छ। त्यस्तै,पछिल्लो २४ घण्टामा थप एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की ४० वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
याे सगै गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना काेराेना संक्रमण मुक्त भएका छन्।
अहिले सम्म कुल तिन हजार एक सय ४७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया