

गुल्मीमा कोरोना : संक्रमण निको हुने भन्दा संक्रमित धेरै



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ३८ जना र पिसिआर परिक्षण गर्दा ४० जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
जिल्लाकाे मुसिकाेट नगरपालिकामा दस जना, छत्रकाेट गाउँपालिकामा २३जना,इस्मा गाउँपालिकामा १५ जना, रुरुक्षेत्र गाउँपालिकामा सात जना,गुल्मीदरबार गाउँपालिकामा नौ जना,सत्यवति गाउँपालिकामा चार जना,रेसुङा नगरपालिकामा छ जना,मदाने गाउँपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा एक जना गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४१८ पुगेको छ। त्यस्तै,पछिल्लो २४ घण्टामा थप एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की ४० वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
याे सगै गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना काेराेना संक्रमण मुक्त भएका छन्।
अहिले सम्म कुल तिन हजार एक सय ४७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया