कपिलवस्तुमा युवकको हत्या , तीन जना पक्राउ

कपिलवस्तु ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा एक पुरुषको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पुर्व डिह बेलौहवा स्थित एक पोखरी भित्र शव भेटिएपछि प्रहरीले थालेको अनुसन्धानका क्रममा उक्त पुरुषको हत्या गरी शव पोखरीमा फालिएको पुष्टि भएको हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय बिजयबहादुर कुर्मीको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुर्मीको स्थानीय बास्मती कोहोर सँग अनैतिक सम्बन्ध रहेको र कोहोरका श्रीमानले देखेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

असार ४ गते भएको सो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा बास्मती कोहारको श्रीमान अनिल कोहार र बिजय कोहार सहित बासमती कोहारको मिलेमतोमा कुर्मीको हत्या गरी नजिकैको पोखरीमा शव फालेका थिए । घटनामा संलग्न तीनै जनालई प्रहरीले पक्रउ गरी कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै