

शुद्धोधनको पतरियामा वर्थिङ्ग सेन्टर संचालन



कपिलवस्तु ।
शुद्धोधन गाउंपालिका अन्र्तरगत वडा नं १ अन्तर्गत रहेको पतरिया स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालनमा आएको छ ।
आइतबार एक कार्यक्रमका विच गाउंपालिकाका अध्यक्ष निसार अहमद खां, उपाध्यक्ष सुधादेवी पाण्डेय र वडा अध्यक्ष तिलकराम यादवले सयुक्त रुपमा उद्घाटन गरका हुन् ।
ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुले स्थानीय स्तरमा नै बच्चा जन्माउनको लागी गाउंपालिकाले प्रत्यक वडामा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने गाउंपालिकाका अध्यक्ष निसार अहमद खांले बताए ।
हालसम्म २ वटा संचालनमा आएको र बाकीं ४ वटा स्वास्थ्य संस्थामा क्रमिक रुपमा संचालनमा ल्याउने योजना रहेको उनले बताए ।
साथै अध्यक्ष खांले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि गाउंपालिकाले प्रत्यक वडामा एम्वुलेन्स सेवा पनि संचालन गर्ने बताए ।
हालसम्म २ वटा वडामा एम्बुलेन्स संचालनमा आएको र बाकीं ४ वडामा सांसद विकास कोषको रकम अल्या गरि खरिद प्रकृया अगाडी बढाएकोले केही महिनामै ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुवाट एम्वुलेन्स संचालनमा आउने बताए ।
सो अवसरमा उपाध्यक्ष सुधादेवी पाण्डेय, जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव , युवा नेता कमलेशशरण चौधरी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगत, फेयर मेडका शशि कणर्, कालिका स्वालवलम्वनका रामेन्द्र सिंह रावल , स्वास्थ्य संयोजक अस्फाक अहमद खां , २ नं वडा अध्यक्ष मनोज कुमार यादव , पुण केशर माविका प्रअ लिला खनाल लगायतले वर्थिङ्ग सेन्टर निरन्तर संचालन र गुणस्तरिय सेवाको लागि शुभकामना दिएका थिए ।
वर्थिङ्ग सेन्टर संचालनको लागि स्वास्थ्य कार्यालय कपिलवस्तु, फेयर मेड, कालिका स्वावालमवन सामाजिक केन्द्र, युनिसेफ नेपाल , पिस नेपाल लगायतका संस्थाले सहयोग गरेका थिए । वडा नं १ का अध्यक्ष तिलकराम यादवको अध्यक्षता राम बहादुर चौधरीको स्वागत र स्वास्थ्य चौकी प्रमुख नथई चौधरीको संचालनमा कार्यक्रम संम्पन्न भएको थियो ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया