

पहिरोले गुल्मीमा दुई घर भत्किए, एकजना घाइते




गुल्मी
लगातार तीनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिका -५ स्थित मैदानमा राजेश परियारको घर भत्किँदा एक महिला घाइते भएकी छिन् ।
बन्दै गरेको घर भत्किएर राजेशकी श्रीमती २९ वर्षीया जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यस्तै, सोही गाउँपालिका-१ स्थित उजुङ्गका छत्रबहादुर पछाईको घर पहिरोले भत्किएको छ । घरमाथिबाट पहिरोसहित खसेको ढुंगाले घरमा पूर्णरुपमा क्षति पुगेको ईस्मा गाउँपालिकाले जनाएको छ । परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका दर्जनबढी सडक अवरुद्ध भएका छन् ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया