

पहिरोले गुल्मीमा दुई घर भत्किए, एकजना घाइते



गुल्मी
लगातार तीनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिका -५ स्थित मैदानमा राजेश परियारको घर भत्किँदा एक महिला घाइते भएकी छिन् ।
बन्दै गरेको घर भत्किएर राजेशकी श्रीमती २९ वर्षीया जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यस्तै, सोही गाउँपालिका-१ स्थित उजुङ्गका छत्रबहादुर पछाईको घर पहिरोले भत्किएको छ । घरमाथिबाट पहिरोसहित खसेको ढुंगाले घरमा पूर्णरुपमा क्षति पुगेको ईस्मा गाउँपालिकाले जनाएको छ । परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका दर्जनबढी सडक अवरुद्ध भएका छन् ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया