

गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै चीनलाई नेटोको चेतावनी

काठमाण्डाै
उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका छन् । चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरुले चेतावनी समेत दिएका छन् । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरुले बताएका छन् ।
ब्रसेल्समा बसेको नेटोको बैठकले रुसी सैनिकसँग चीनले सहकार्य गरेको आरोप पनि लगाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको सङ्गठन हो । कम्युनिस्ट शासनको विस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।
पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बीचमै सङ्गठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ । खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो । अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बैठकमा सहभागी भएका जो बाइडेनले भने ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताउनु भएको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया