
बाँदरमुढे बम विस्फोट : जो बसको छतमा यात्रुसँग भाडा उठाउँदै थिए …

बसधनी क्षेत्री अरू बेला पहिला भित्रका यात्रुसँग भाडा उठाउँथे। बसन्तपुर बजार पुगेपछि मात्रै छतमा भाडा उठाउने चलन थियो। तर, भित्र भीड भएपछि उनी पहिला छतमा रहेका यात्रुसँग पैसा उठाउँदै थिए। त्यही बेला गाडी एक्कासि उड्यो। उनले बसको तल हेरे। झ्यालबाट फुटबलजस्तो उछिट्टिएको देखे। उनलाई भित्रबाट कसैले बल फाले होलान् भन्ने लाग्यो। बस भुइँमा नबजारिँदै उनी छतबाट बालुवामा हाम फाले। त्यसपछि मात्रै उनलाई थाहा भयो कि त्यसरी उछिट्टिएको कुनै बल नभएर बसकै यात्रु थिए।
तत्कालीन विद्रोही पक्ष माओवादीले चितवनको माडीस्थित बाँदरमुढे खोलामा २०६२ जेठ २३ गते बम विस्फोट गरेको ठाउँ देखाउँदै बसका चालक विक्रम महतो र सवारीधनी रामु क्षेत्री। तस्बिर ः अनिल ढकाल
‘विस्फोट भएपछि त्यही बहिनी र म मात्रै थियांै। आमालाई काखमा राखेर बचाइदिनुस् भन्दै थिइन्’, उनी त्यस बेलाको घटना स्मरण गर्छन्, ‘पानी–पानी भनेपछि खोलाको पानी लगेर खुवाएँ। त्यत्तिकैमा छोरीको काखमा प्राण गयो।’
त्यसदिन उनकै बसको पहिलो पालो थियो। बिहान ५ बजे बगईबाट हिँड्ने बेला १०–१२ जनाको संख्यामा नेपाली सैनिक वनकट्टा पोस्टसम्म जान चढेका थिए। त्यसअघि नै माओवादी कार्यकर्ताले सेनालाई बसमा नचढाउन भनेका थिए।
संकटकालको समयमा सवारीधनीले सेनालाई रोक लगाउन सकेनन्। नचढाउँदा पनि यातायात व्यवसायीले सेनाबाट सजाय भोग्नुपथ्र्यो। ‘माओवादीले पहिल्यै नचढाउनु भनेका भन्थे। नचढाए आर्मीले समात्ने डर थियो’, उनी भन्छन्, ‘हामी दुवै पक्षबाट चेपुवामा थियौं।’ नभन्दै तत्कालीन विद्रोही पक्ष माओवादीले २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा बम विस्फोट गराएको थियो। माओवादी कार्यकर्ताले बसमा चढेका सेनालाई लक्ष्य गरी बसका यात्रुलाई विद्युतीय धरापमा पारेका थिए।
तत्कालीन शाही नेपाली सेनाका जवानसहित ३९ जना मारिए। छतमा बसेका सबै सकुशल भए। भित्र बसेर बाँचेका यात्रु कोही अपांगता अवस्थामा छन्। कतिपय काम गरेर खान नसक्ने अवस्थाका छन्।
घटना भएको १० दिनसम्म पनि स्थानीयवासी खोलामा जान डराएको उनीहरू बताउँछन्। बसका चालक र साहूको विषयमा अहिलेसम्म कहीँ कुरा भएको सुनिँदैन। उनीहरूले क्षतिपूर्ति र राहत अहिलेसम्म पाएका छैनन्। उनीहरूको नाम पीडितको सूचीमा पनि छैन। अहिलेसम्म कसैले सम्झिएको छैन उनीहरूलाई। अहिले दुवै जना परिवारसँग रमाइरहेका छन्।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया