

अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ : मु्ुख्यमन्त्री पोखरेल


काठमाडौं । नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब मन मिलाउने र पार्टी मिलाउने कुरा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार ६ बुँदे प्रस्तावमार्फत आह्वान गरेका छन् । पोखरेलले अब २०७५ जेठ २ गतेको अवस्थामा फर्कने भएकाले एकताको पहल गर्न आग्रह गरेका हुन् । समस्या नेतृत्वबीचको भएको उनको निष्कर्ष छ ।
“जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीचको हो । पहल गरौँ,” पोखरेलको आग्रह छ । ओलीले सर्वोच्च अदालतमा दायर रिटबाट खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ गतेअघिको संरचनामा फर्कन तयार रहेको बताएका हुन् ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया