पाचौँ पटक थपियो कपिलवस्तुमा निषेधाज्ञा, अब जेष्ठ ३१ सम्म

कपिलवस्तु

कपिलवस्तुमा जेठ मसान्त अर्थात ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला बिपत ब्यवस्थापन समितको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

वैठकले निषेधाज्ञालाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
जिल्लामा यो पाचौँ पटक निषेधाज्ञाको समय थप गरिएको हो । यस अघि थपिएको निषेधाज्ञाको समय २४ गते राति १२ बजेबाट सकिदै छ भने अब जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थप हुने जनाएको छ ।

 

प्रतिक्रिया

खबर सबै