

चीनले बनाउँदै छ हाइपरसोनिक विमान, ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा उड्ने


काठमाडौं
चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हाइपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ ।
चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन लेक्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ । यसबाट चीन पश्चिमा देशहरुभन्दा २० देखि ३० वर्ष अगाडि हुने छ ।’
साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मिसाइलसहित हाइपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् । यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ ।
चीनको हाइपरसोनिक एजेन्सी इन्सटिच्युट अफ मेकानिक्ससँग काम गर्ने गुइलईका अनुसार यति छिटो गतिमा यात्रा गर्ने जेट विमान १० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावाका अणु र परमाणुलाई पनि तोड्न सक्छ ।
उनले भनेका छन्, ‘यो हावा हावा हुनेछैन जसबाट हामी सास लिन्छौं । हामी जुन उड्ने विमानको अध्ययन गरिरहेका छौं, त्यो हिलोमा पौडिएजस्तो हो ।’
उनका अनुसार यान्त्रिक कम्प्रेसरको उपयोग गर्नुको साटो बेइजिङले उच्च गतिको वायु प्रवाह उत्पन्न गर्नका लागि रासायनिक विष्फोटको उपयोग गर्नेछ । जेएफ–२२ मा इन्धन एक नियमित ग्यास स्टोभको तुलनामा १० करोड गुणा बढी तेजले जल्दछ र त्यसको शक्तिबाट विमान चल्दछ ।
अमेरिकामा सबैभन्दा उन्नत विण्ड टनेल LENS II मा ३० मिलिसेकेण्डसम्म उडान हुन्छ । यसको तुलनामा जेएफ–२२ को औसत उडान सिमुलेशन १३० मिलिसेकेण्डसम्म पुग्ने चिनियाँ वैज्ञानिकको भनाइ छ । गुइलईले भनेका छन्, हाम्रो अनुसन्धानको समय अन्य देशको तुलनामा लामो छ । त्यसैले यस विमानको मोडल उनीहरुकोभन्दा ठूलो हुनसक्छ र अनुसन्धान पनि उनीहरुको भन्दा उन्नत हुने छ । यसले विश्वमा चीनको अग्रणी स्थान निर्धारण गर्ने छ ।’
चीनको रकेट कार्यक्रमका पिता भनिने कियान जुसेनले सन् १९४६ मा पहिलोपटक ‘हाइपरसोनिक’ शव्द उल्लेख गरेका थिए । उनको अनुसन्धानमा वायु प्रवाहको गति ध्वनिको तुलनामा पाँच गुणा तेज पाइएको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया