

आज पनि एमाले स्थायी कमिटीको बैठक स्थगित


काठमाडौं
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
यसअघि आइतबार साँझ पाँच बजे तय भएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको थियो ।
बैठकमा स्पष्टीकरण सोधिएका १२ जना नेताहरुलाई थप कारबाही गर्ने विषयमा छलफल गर्ने तयारी थियो । तर राष्ट्रियसभा उपनिर्वाचन लगायतका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।
यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडा छन् । उनीहरूले स्पष्टीकरण बुझाएका छैनन् ।m


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया