

लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल देउखुरीमा निर्माणको काम सुरु



दाङ
दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम भइरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम चलिरहेको छ ।
स्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिकृत मजगैयाँले जानकारी दिनुभयो । एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लबी, स्टेज सबै यसैभित्र निर्माण गर्ने गरी काम भइरहेको छ ।
चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य छ । तर, निषेधाज्ञाका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाइ हुने भएको छ ।‘असारसम्म सक्ने योजना हो । समय परिस्थितिअनुसार निर्धारित समयमा काम सुरु गर्न सकिएन’ मजगैयाँले भन्नुभयो-‘असोजसम्ममा सबै काम सकिन्छ की भन्ने लागेको छ ।’ सभाहल निर्माणको काम ड्राइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको हो ।
नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको हाे । राप्ती प्राविधिक शिक्षालयभित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो ।
राजधानीको निर्णय टुङ्गिएपछि स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानीसँग जोडिएको गुरुयोजना निर्माणसँगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो ।
क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र त्यहीअनुसार डिजाइन बनाइने छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया