नेपालको राजनीतिक घटनाक्रम नाेट गरेका छाैँ’ : भारत

काठमाडौं

भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेको बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीलाई त्यहाँको पत्रकारले नेपालको राजनीति बारेमा राखेको जिज्ञासामा नेपालको राजनीतिक मामिला उसको आन्तरिक मामला भएको प्रतिकृया दिएका हुन् ।

‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेका छौँ । यो नेपालको आन्तरिक मामिला हो र उनीहरुले लोकतान्त्रिक प्रक्रियाबाटै त्यहीको फ्रेमवर्कमा रहेर समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । एक छिमेकीका रुपमा नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा भारतको समर्थन सधैँ अडिग छ,’ उनको जवाफ थियो ।

प्रतिक्रिया

खबर सबै