

युरोपेली सङ्घले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड डोज खोप सहयोग गर्ने





काठमाण्डाै
युरोपेली सङ्घ (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरुमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसको महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने सङ्घले जनाएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्यसम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताउनु भएको छ ।
विश्व स्वास्थ्य सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताउनुभयो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया