मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा भङ्ग,कात्तिक २६ र मङ्सिर ३ गते चुनावको मिति तय

शुक्रवार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा भङ्ग गरी नयाँ चुनावको मिति तोकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन नसकेपछि लगत्तै बसेको बैठकले प्रतिनिधिसभा भङ्ग गरी  कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबी नपुगेको बताउनुभएको थियो ।

प्रतिक्रिया

खबर सबै