

आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने


काठमाण्डाै
देशभरको मौसम बद्ली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ ।
थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश-१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश-२ का थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम, वाग्मती, प्रदेश-१ र २ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो । देशका केही ठाउँमा हिजो पनि पानी परेको थियो ।
आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । आजराति प्रदेश-१ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया