पार्टी सञ्चालनका लागि प्रचण्डले मागे सुझाव

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका छन्।

नेता/कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले सुझाव माग गरेको प्रचण्डले उल्लेख गरेका छन्।

उनले आइतबार आफ्नो फेसवुकमा सूचना राखेर सल्लाह तथा सुझाव भएमा पठाउन भन्दै इमेल ठेगानासमेत सार्वजनिक गरेका छन्।

प्रचण्डलाई [email protected] मा इमेल पठाउन सकिने उनको सचिवालयले जनाएको छ।

गत फागुन २३ गते सर्वोच्चले नेकपा ऋषि कट्टेलको नाममा भएको फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याइदिएको थियो।

त्यसपछि प्रचण्डले माओवादी केन्द्रको संगठन बलियो बनाउनुपर्ने धारणा राखिरहेका छन्।

उनले पार्टीले आगामी दिनमा विचार, राजनीतिक तथा संगठनात्मक संरचनालगायत कस्तो हुने भन्नेमा पनि इमेलमार्फत् सुझाव दिन सकिने उल्लेख गरेका छन्।

प्रतिक्रिया

खबर सबै