

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने


काठमाडौं
निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न आग्रह गरेको छ । यसैगरी, कुनै परिस्थितिवश इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको सात दिनपछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुनेगरी नवीकरण गर्न सकिने संघले जनाएको छ ।
निषेधाज्ञामा कतिपय मुद्दती खाता नवीकरण गर्नकै लागि बैंंकमा जाने गरेका छन् । सीमित शाखा मात्रै खुल्दा बैंकमा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने गरेको छ । यसैलाई मध्यनजर गर्दै बैंकर्स एसोसिएसनले बैंकिङ कारोबार घरैबाट गर्नका लागि यस्तो आग्रहसमेत गरेको जनाएको छ ।
मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायतका कार्य गर्न सकिने जनाउँदै एसोसिएसनले सकभर बैंकमा उपस्थित नहुन आग्रह गरेको छ । यसैगरी, सामान खरिद गर्दा उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्न एसोसिएसनले आग्रह गरेको छ ।
बैंकिङ कारोबार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवासमेत उपलब्ध भएको बैंकर्स संघले जनाएको छ । बैंकमा भिड कम होस् भन्नका लागि बैंकहरुले हाल विभिन्न पाँच सेवा मात्रै सञ्चालनमा ल्याएका छन् ।
जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक तथा आईपीएस र आरटीजीएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सेवा मात्रै प्रदान हुने बताएको छ । यसै विज्ञप्तिमार्फत पुनः संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया