बन्ने भयो बाणगंगामा अक्सिजन प्लान्ट, नगरपालिकाले गर्याे निर्णय

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालको लागत साझेदारीमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । नगरपालिकाको आज बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना महामारीको संक्रमण तिब्र गतिमा वृद्धि भएकाले अक्सिजन प्लान निर्माण कार्यलाई यथाशिघ्र व्यबस्था गर्न वडा नं. ४ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय समित गठन गरिएको नगर प्रवत्ता विष्ण्षु पौडेलले बताउनुभयो । समितिको सदस्यहरुमा नगर प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष बिष्णु पौडेल, वडा नं. ८ का वडाध्यक्ष गुणानिधि भुसाल, वडा नं.९ का वडाध्यक्ष धुर्व बेलबासे र सदस्य सचिवमा प्रशासन शाखा प्रमुख केशवराज भट्राई रहेका छन् ।
बैठकले कोभिड रोकथाम नियन्त्रणका लागि संघ संस्था वा व्यक्तिगत सहयोगलाई एकद्धार प्रणालिबाट सञ्चालन गर्ने पनि निर्णय गरेको छ । जसका लागि जिन्सि दिन चाहानेले नगरपालिकाको जिन्सि शाखमा सम्पर्क गर्ने र नगद सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य बैकमा रहेको नगरपालिकाको कोभिड ब्यबस्थापन खाताको खाता नं. ०४१५६०१६०९१७७०११ मा जम्मा गरिदिन अनुरोध गरिएको नगर प्रवक्ता बिष्णु पौडेलले जानकारी दिएका छन् । त्यस्तै अबको एक हप्ता भित्र १ हजार नगरवासीको पिसिआर टेस्ट गर्ने लक्षय सहितको निर्णय पनि आजको कार्यापालिका बैठकले गरेको छ ।
यस्तै बैठकले कोभिड १९ रोकथाम नियन्त्रणका लागि यस अघि बनाईएका समितिहरु अनुमोदन गरेको छ । जसमध्ये नगर प्रमुख मंगल प्रसाद थारुको संयोजकत्वमा अनुगमन समिति बनेको थियो भने उप मेयर चक्रपाणि अर्यालको संयोजकत्वमा अस्पताल तथा संघ सस्था समन्वय समिति बनाइए को थियो । त्यस्तै नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा प्रचार प्रसार, मिडिया ब्यबवस्थापन तथा सुचना सञ्चार समिति बनेको छ भने वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको संयोजकत्वमा अक्सिजन व्यबस्थापन समिति निर्माण गरिएको छ । नगर प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा संयोजकत्वमा एमबुलेन्स तथा यातायात ब्यबस्थापन समिति निर्माण गरिएको छ भने वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालको संयोजकत्वमा आईसोलेसन तथा स्वास्थ्य सामग्री व्यबस्थापन समिति निर्माण गरिएको छ । यस्तै नगरपालिकाले वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालको संयोजकत्वमा शव ब्यबस्थापन समिति गठन गरिएको जनाएको छ । यी सबै समितिहरुलाई आज बसको कार्यपालिकाको आकस्मिक बैठकले अनुमोदन गरेको छ । त्यस्तै नगरपालिकाको शिक्षा शाखाद्धारा निर्मित यस वर्षको भित्तेपात्रो पनि नगर प्रमुख मंगल प्रसाद थारुद्धारा विमोचन गरिएको नगर प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै