

अब त अति भो सरकार !




सागर पौडेल
अब त सता र शक्तिको राजनीतिको खेल सकियो होला नि ए सरकार ! सबै राजनीतिक खेललाई बर्खाले स्थगित पारी दियो सम्झेर जनताका लागि केही सोच न ए सरकार ! हामी जनता तिम्रो परिवारको एक–एक सदस्य हौँ । सरकार कोहि छैन बाहिरको सबै तिम्रो घरका हुन । त्यसैले पर्दा र मर्दा त दुश्मन नि काम लाग्छ तिमी त घर भित्रको परिवार हौ अप्ठ्यारो पर्दा नि कसरी हेरि बस्न सकेको हौ ।
अब त अति भयो, ए सरकार !
अस्पतालमा सिट छैन, सिट पाए आइ.सी, यु छैन, आइ, सी, यु पाए भेन्टिलेटर छैन । भेन्टिलेटर पाए अक्सिजन छैन, अब जनता ले के गर्ने भन्ने अवस्था आयो सरकार ।
आफ्नो तर्फबाट पनि आन्दोलन स्वरुप एउटा “अङ्कमाल” भन्ने कार्यक्रम राख्न बाध्य जनतालाई आन्दोलन गर्ने नगराउ ए सरकार । कोभिड पोजेटिभ हुने आत्तिए र मात्तिए भने सरकार तिमी पनि अछुत रहन सक्ने छैनौ । जसले जहाँ जुन पार्टीको उच्चतहको नेता भेट्न पुग्छ, ग्वाम्म अँगालो मारेर रुदै आफ्नो जीवन रक्षाका लागि भिख माग्न बाध्य हुने दिन आउला नि सरकार । अनि तपाईलाई पनि अस्पतालको अगाडी पेटीमा हामी संगै सुताउने ब्यवस्था गरि आफ्नो दुःखको साथी बनाउनु पर्ला नि सरकार । अनि जिवन रक्षाका लागि भनौ एउटै स्वरले : प्रिय नेता ज्यू , हाम्रो साथ चाहिने भए ? कुर्सीको युद्ध छोडेर कोभिड बिरुद्धको युद्धमा आउनुहोस् । अहिलेलाई चाहिदैन सरकार तिम्रो धरहरा, चाहिदैन तिम्रो मोटर बाटो । मलाई बचायौ भने चढौँैला ,हेरौला अनि हिडँौला तर बिन्ती सरकार मलाई बचाउ देश भिषण स्वास्थ्य युद्धमा धकेलिएको छ । जनता मरिरहेका छन् । कसका लागि र कसले गर्दा अभिभावक भएका हौ ? एकपटक सोच त ए सरकार जनता रहे त तिमी प्रमुख बनौला । पहिला यो कोभिडको युद्धलाई पार लगाउ अनि तिम्रो राजनितिक युद्धमा साथ दिन सारा नेपालीले साथ दिनेछन् ।
सति ले सरापेको मेरो देश भन्थे अब मुर्दाले पनि नसरापोस । गलती भए माफ पाउ है सरकार ।
अस्पतालमा छटपटाइरहेका बिरामी र बिरामीका आफ्न्तको छटपटाहवटलाई सुन्ने कोशिष गर । अन्यथा तिनै छटपटिका आवजको सराप लाग्ने दिन आउन बेर लाग्ने छैन । सत्ता र शक्तिको खेल त फेरी पनि खेल्न सकिन्छ । तिम्रा पार्टीका नेता र कार्यक्रतालाई फेरी पनि मन्त्रि र सचिव बनाउन सकिन्छ । के को चिन्ता । समयले अहिले मन्त्रि मागेको छैन बरु बनेका मन्त्रिको ठोस कदम मागेको छ । अक्सिजन र अस्पतालको प्रत्याभुति मागेको छ ।
सरकारका निर्देशन र विज्ञप्ति मागेको छैन बरु निर्देशन र विज्ञप्तिमा कोरिएका शब्दहरुको सार्थकता खोजेको छ ।
ए सरकार अब त अति भो, केही गर कोभिड विरुद्ध !
लेखक : ई साझाकुरा डट कमका समाचार प्रमूख हुन ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया