
जन्मदिनको अबसरमा बेल्वासेले गरे अक्सिजन बैँकलाई आर्थिक सहयोग

कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा ८ बोडगाँउ बस्ने जनक प्रसाद बेल्वासेले आफ्नो जन्मदिनको अबसरमा कपिलवस्तुको बैरीयामा रहेको अक्सिजन बैँकलाई आर्थिक सहयोग गरेका छन् । नेको इन्सुरेन्स लिमिटेड जितपुर शाखा प्रमुख, कपिलवस्तु जेसिजका पुर्ब कार्यकारिणी उपाध्यक्ष ,रेडियो बाणगंगाका लेखा समिति सदस्य समेत रहनु भएका बेल्वासेले जन्मदिनको अबसरमा गरिने फजुल खर्च कटाएर बैँकलाई सहयोग गरेका हुन् ।
सामाजिक कार्यमा अग्रसर रहने बेल्वासे कोभिड नियन्त्रण तथा बिरामीहरुको ज्यान बचाउन आफ्नो सानो सहयोग केहि नभए पनि यो सहयोगले थोपा थोपा मिलि समुन्द्र बन्छ भन्ने उदाहरण दिन खोजेको बेल्वासेले बताउनु भएको छ ।
साथै सोही अवसरमा नेको इन्सुरेन्स लि जीतपुर मा कार्यरत कर्मचारीहरु अखिलेस्वोर दुबे, सागर पौडेल, बिप्लव पौडेल,बिजय पौडेलले समेत उक्त अक्सिजन बैंक लाई आर्थिक सहयोग गर्नुभएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया