

विप्लवले गरे जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास




कपिलवस्तु
कपिलवस्तु शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ९ बानियाँभार अर्थात मिनी रोल्पामा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उक्त भवनको शिलान्यास गर्नुभएको छ ।
सो भवन नेपाल कम्युनिष्ट पार्टीले आफ्नै ६३ लाखको लगानी भवन निमार्ण हुन लागेको जनस्वास्थ्य सेवा केन्द्र भवन निमार्ण समितिका अध्यक्ष यादव चन्दले जानकारी दिनुभएको छ । एक महिना भित्रै भवन निमार्णको काम सम्पन्न गरिने यादवले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्र विक्रम चन्दले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना संक्रमितहरुको उपचारका लागि सहजरुपमा विभिन्न सेवाहरु यस केन्द्रबाट प्रदान गर्ने बताउनुभएको छ । यस जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत चन्दले जनाउनुभयो ।
यस जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालिनरुपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडी बढाउने उहाँले बताउनुभयो । सबैले मिलेर यसलाई समय अनुसार विस्तारै सुविधा सम्पन्न अस्पतालको रुपमा पनि बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेकोको आवश्यकता भएको जिकिर गर्नुभयो । यस विषम परिस्थितिमा हामी सबैले आ–आफ्नो ठाउँबाट अहम भूमिकाको जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य चन्द बहादुर चन्दको विशिष्ट आतिथ्यता, अतिथिहरुमा केन्दीय सदस्य संजिव, केन्दीय सदस्य असल, केन्दीय सदस्य जुझारु, नेकपा कपिलवस्तु सचिव शेरमान,शिवराज ९ वडा अध्यक्ष चुर बहादुर खड्का, सहिद प्रतिष्ठान अध्यक्ष भेक ब. थापा , शिवगढी सेक्रेट्ररी पवेलको उपस्थिति रहेको थियो भने जनस्वास्थ्य सेवा केन्द्र भवन निमार्ण समितिका अध्यक्षता र दिलमाया थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया