

वाणगङगामा १ सय ६१ जना सक्रिय संक्रमित



राधा पाण्डे
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप
फैलिए सङगै नेपालमा संक्रमितको दर पनि बड्दो छ । यो संक्रमणले कपिलवस्तुको वाणगङ्गा नगरपालिका पनि अछुतो रहन सकेन ।
पालिकामा पछिल्लो तथ्यांक अनुसार १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
४ जना बुटवल र चितवन अस्पतालमा , ४ जना बुङ्चिको आइसोलेसनमा र बाकी होम आइसोलेसनमा रहेको स्वास्थ शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।
सबैमा लक्षण देखा परेको नगरले जनाएको छ । २२ गते गरिएको स्वाब संकलनमा १३२ जनाको रिपोर्ट आउन बाकी रहेको पनि पालिकाले जनाएको छ । बिरामीको अवस्था जटिल भएता पनि अब आइसोलेसन थप्न सक्ने अवस्था नरहेको प्रमुख पौडेलले दाबी गर्नुभयो ।
कपिलवस्तुमा वैशाख २१ गतेदेखि निषेधाज्ञा लागेको छ ।
शुक्रबार कपिलवस्तु जिल्लामा कोरोना संक्रमित ४२ जनामा पुष्टि हुदाँ ४६ जनाले भने कोरोना जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया