

गुल्मीमा चट्याङ लागेर १ जनाकाे मृत्यु,८ घाइते



गुल्मी चट्याङ लागेर १ जनाकाे मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।जिल्लाकाे मुसिकाेट नगरपालिका बडा नम्बर ४ दजाकाेटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो ।
शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए । चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते हरु मध्य ४ जना लाई गुल्मी अस्पताल बाट पाल्पा पठाइएको।अन्य ४ जनाकाे गुल्मी अस्पताल मै उपचार भैरहेकाे प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले जानकारी दिए।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया